कर्पोरेट

माछापुच्छ्रे बैंकको १०५ औं शाखा चितवनको पर्सामा

Banner

खैरहनी, कात्तिक २१-

माछापुच्छ्रे  बैंकले आफ्नो १०५ औ शाखा खैरहनीको पर्सामा सुरु गरेको छ ।

केही समय पहिलेबाट नै पर्सामा कारोबार सुरु गरिसकेको बैँकको बिहीबार एक कार्यक्रमको आयोजना गर्दै औपचारिक उद्घाटन गरेको छ । खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरी र बैँकका अध्यक्ष बिरेन्द्र प्रसाद महतोले संयुक्तरुपमा रिबन काटेर बैँकको उदघाटन गरेका हुन् ।
सो अवसरमा खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलियाले बैँकको २४ घण्टे एटीएम सेवाको समेत उद्घाटन गरिन् । कार्यक्रममा मेयर चौधरीले बैँकले नाफा आर्जन गर्नेमात्र नभई सेवाग्राहिको हित र सफलतामा ध्यान दिनुपर्ने बताए । उनले सेवाग्राहीले रकम जम्मा गर्दा पाइने ब्याज र ऋण लिँदा तिर्नुपर्ने ब्याजको अन्तर धेरै हुने गरेको बताउँदै त्यसतर्फ ध्यान दिन आग्रह गरे । नगरपालिकाले विभिन्न बैँकलाई कार्यविभाजन गरेर कारोबार गर्ने उनले बताए ।

उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र सापकोटाले सरल र सहज रुपमा सेवा प्रवाह गरेमा समग्र उद्योगी व्यवसायीले साथ दिने बताए । बैँकका अध्यक्ष वीरेन्द्र प्रसाद महतोले सम्बृद्ध नेपाल निर्माणमा बैँकले भूमिका खेल्ने बताए । उनले हरेक नागारिकको पहुँचमा बैँकको सेवा पु¥याउने र सर्वसाधारणको आर्थिक उन्नतिमा साथ दिने बताए । खैरहनी नगरपालिकालाई समृद्ध बनाउन नगरसँग हातेमालो गरेर अघि बढ्ने पर्सा शाखाका प्रबन्ध भानुभक्त अधिकारीको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>