देश/प्रदेश
भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन
०

धनगढी कार्तिक २१
नेपाली भूमीलाई आफ्नो नक्सामा राखेको विरोधमा चौतर्फि नाराबाजी भइरहँदा बैतडीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ।
बैतडीको पर्चौडीका स्थानीय युवाले हाटमा रहेको राताशिला चिहानघाटमा मोदीको पुत्ला दहन गरेका हुन्। ‘भारतीय बिस्तारवाद मुर्दावाद, नरेन्द्र मोदी मुर्दावाद’ को नारा लगाउँदै उनीहरूले पुत्ला दहन गरेका थिए।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमी लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा समावेश गरेको छ।
भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कुटनितिक तवरले समस्याको समाधान गर्नुपर्ने माग रहेको छ।
भारतको विस्तारवादी नीतिको विरोध गर्दै उनीहरूले नेपालको भूभाग भारतीय नक्साबाट हटाउनसमेत माग गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























