क्रिकेट

इमिर्जिङ एसिया कप खेल्ने यस्तो छ नेपाली टोली

Banner

काठमाडौं, कार्तिक २१–

नेपाल क्रिकेट संघले यही नोभेम्बर १२ देखि बंगलादेशमा सुरु हुने एसीसी इमिर्जिङ एसिया कपका लागि नेपाली टिमको घोषणा भएको छ ।

निवर्तमान कप्तान पारस खड्का र स्टार खेलाडी सन्दीप लामिछाना बिनानै घोषणा गरिएको टोलीमा युवा खेलाडी कुशल भुर्तेल पहिलो पटक सिनियर टिममा स्थान बनाएका छन् । कुशल यू १९ टिमबाट सिनियरमा पुगेका खेलाडी हुन् ।५० ओभरको उक्त प्रतियोगितामा इशान पाण्डे र अभिनाश बोहोरा समेत डेब्यू गर्ने भएका छन् । यी दुई खेलाडीले टि–२० मा मात्रै सिनियर टोलीबाट खेलेका थिए ।

नेपाली टोलीमा कप्तानमा ज्ञानेन्द्र मल्ल र उपकप्तानमा दिपेन्द्रसिंह ऐरी छन् भने अन्य खेलाडीहरुमा शरद भेषवाकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, ललित राजवंशी, पवन सराफ, सन्दिप जोरा, सुसान भारी, इशान पाण्डे, आरिफ शेख, अभिनाश बोहोरा, कुशल भुर्तेल छन् ।

यसपटक टिमको म्यानेजरमा क्यानका सदस्य प्रशान्त विक्रम मल्ल जाने भएका छन् । यस्तै प्रशिक्षक उमेश पटवाल, एसिसेन्ट प्रशिक्षक दिपेन्द्रप्रताप सिंह, भिडियो एनालिष्ट रमन सिवाकोटी, फिजियोमा विक्रम न्योपाने छन् ।

यस सिरीजका लागि पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने हुने छैनन् । दुवै खेलाडी यूएईमा हुने टी १० लिग खेल्ने जानेछन् । पारस नोभेम्बर ११ मा र सन्दीप १२ तारिखमा यूएई जानेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>