चितवन विशेष
लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै कम्प्रोमाइज हुन्नः रवि लामिछाने
०

चितवन, असार ६-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै कम्प्रोमाइज नगर्ने बताएका छन् । आज (शनिबार) चितवनमा भएको रास्वपाको पहिलो महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान, यो मुलुकलाई यहाँसम्म ल्याइपुर्याउँदा भएका त्याग, बलिदान, संघर्षको जगमा हामी उभिएका छौं । र, हामीलाई यसमा गर्व छ,’ लामिछानेले भने, ‘हिजोको त्याग र बलिदानको उचाइको काँधमा बस्न पाएकाले आफूले फराकिलो दृश्य देख्न पाएका छौं ।’
ती मूल्यमान्यता र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख नहुने उनले बताए । ‘म पनि कहिल्यै विमुख हुनेछैन,’ उनले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























