देश/प्रदेश

उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारी दर्ता आज

Banner

काठमाडौं, कार्तिक २१–

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको उपनिर्वाचनको लागि आज (बिहीबार) उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारीमाथि दाबी विरोध उम्मेदवारी फिर्ता लगायत प्रक्रिया पूरा गरी उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशन गरिनेछ ।

पालिकाका सदस्य पदको उम्मेदवारको मनोनयनपत्र दर्ता भने आउँदो बुधबार हुनेछ । प्रतिनिधिसभाका एक जना सहित तीनजना प्रदेशसभा सदस्य र पालिकाका चारजना प्रमुख, एक जना उपाध्यक्ष र ४३ जना वडाअध्यक्ष गरी ३७ जिल्लाका ५२ ठाउँमा मंसिर १४ गते मतदान हुँदैछ ।

निर्वाचन आयोगले उपचुनावका लागि २४७ वटा मतदान स्थल र ५३७ वटा मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ । ४ लाख ५४ हजार ११४ जना मतदाताले उपचुनावमा भाग लिनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>