गण्डकी
तनहुँमा बेपत्ता महिला मृत फेला
०

दमौली, कार्तिक १९-
तीन दिनदेखि बेपत्ता महिला आज मृत फेला परेकी छिन् । तनहुँको व्यास नगरपालिका–५ अलैँचेकी ४५ वर्षीया गीता सुनार मृत भेटिएकी हुन् ।
शनिबारदेखि हराइरहेकी सुनार घर नजिकैको खोल्सामा मृत भेटिएकी व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो । सुनारको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























