इच्छकामना

गणेशधामलाई सिराइँचुलीसम्म जोड्न भ्रमण

Banner

चितवन, कार्तिक १८–

भरतपुरको गणेशधाम संरक्षण तथा सम्बद्र्धन समितिले चितवनको अग्लो पहाड सिराइँचुली लगायतका क्षेत्रको भ्रमण गरेको छ । शुक्रबार र शनिबार गरिएको भ्रमणमा २७ जनाको सहभागिता रहेको थियो ।

पर्यटन वर्ष २०२० लाई लक्षित गरेर सिराइँचुली र उपरदाङगढीको भ्रमण गरिएको गणेशधाम संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिए । धार्मिक क्षेत्र गणेशधाम र चितवनको अग्लो पहाड सिराइँचुली जोडेर कसरी पर्यटन प्रबद्र्धन गर्न सकिन्छ भन्ने उदेश्यले भ्रमणको रहेको उनले बताए । पहिलो दिन चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित हात्तिबाङ र दोस्रो दिन, सिराइँचुली, काउले, कालिका नगरपालिकाको उपरदाङगढी लगायतका क्षेत्रको अवलोकन गरिएको चुकेले जानकारी दिए ।

‘भ्रमणको उद्देश्य आन्तरिक पर्यटन प्रबद्र्धन गर्नु हो’ उनले भने, ‘सिराइँचुलीको यात्रा अब सहज बन्दै गएको छ ।’ भ्रमणका क्रममा अवलोकनसंगै छलफल समेत गरिएको उनले बताए ।

समुद्र सतहबाट एक हजार ९४५ मिटर उचाइमा रहेको सिराइँचुली चितवनकै सबैभन्दा अग्लो भूमि हो । यहाँबाट बिहान सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । सिराइचुलीबाट चितवनको तराईफाँट, तथा छिमेकी जिल्लाहरु धादिङ, गोरखा, मकवानपुर र नवलपरासीको सम्पूर्ण भूभाग तथा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्र«े, लाङ्टाङ, गणेश, मनास्लुलगायतका हिम शृङ्खला सजिलै देख्न सकिन्छ ।

पछिल्लो समय सिराइँचुलीमा आन्तरिक पर्यटकहरु आउने क्रम बढ्न थालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>