देश/प्रदेश

वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेललाई बर्खास्तीको माग

Banner

काठमाडौं, कात्तिक १८-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै नभएको सूचना राखेर स्वदेश तथा विदेशी यात्रुलाई ठगी गरेको भन्दै निगमका कार्यकारी अध्यक्ष मदन खरेलको निलम्बनको माग गरिएको छ ।

पब्लिक इनोभेटर तथा नागरिक उड्ययन क्षेत्रका विज्ञ इञ्जिनियर दिपेन्द्र कँडेलले सो माग गरेका हुन् । नेपाल वायु सेवा निगमले सोमबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सजस्तो पूरानो संस्थाले स्वदेश तथा विदेशी पर्यटकलाई गलत सूचना प्रवाह गरेर ठग्ने काम गरेको आरोप लगाए । उनले भने, ‘नेपाल एयरलाइन्सले हामी सम्पूर्ण स्वदेशी तथा विदेशी यात्रुलाई ढाँट्ने काम गरेको छ, एयरपोर्टमा आगमन तथा प्रस्थान दुवै तर्फ ड्युटी–फ्री सामान पाउँछ भनेर गलत सूचना राखिएको छ । तर, यो सूचना सरासर गलत हो । विमानस्थलमा आगमनतर्फ ड्युटी–फ्री छैन ।’ उनले गलत सूचना प्रवाह गरिरहने निगमका कार्यकारी अध्यक्ष खरेललाई पर्यटनमन्त्री योगेशकुमार भट्टराईले अविलम्ब निलम्बन गर्नुपर्छ ।’

कँडेलले नेपाल सरकारले भव्य तयारी गरेर नेपाल पर्यटन वर्ष– २०२० मनाउन गइरहेको अवस्थामा विमानस्थलमा यस्तो गलत सूचना प्रवाह गर्दा भ्रमण वर्ष कुनै पनि हालतमा सफल नहुने र यसले देशको प्रतिष्ठामाथि नै आँच आउने खतरा औंल्याए । उनले भने, ‘हामी भ्रमण वर्ष सफल बनाउन लागिरहेका छौं । तर, सरकारले भ्रमण वर्ष सफल बनाउनेतर्फ खासै ध्यान दिएको जस्तो मलाई लागेन । यदि दिएको भए विमानस्थलमा यस्तो गलत सूचना राखेर स्वदेश तथा विदेशी यात्रुलाई ढाँट्ने काम गर्दैनथ्यो ।’

उनले आगामी ४८ घण्टाभित्र उक्त सूचना नसच्याए आफू सरकारविरुद्ध अन्तर्राष्ट्रियस्तरमा पुग्ने पनि चेतावनी दिए । उनले भने, ‘नागरिकको हैसियतले म चाहन्छु कि यो गलत सूचना अविलम्ब हटाइयोस् । सरोकारवाला व्यक्तिहरु तथा मुख्यतय निगमका कार्यकारी अध्यक्ष खरेललाई हटाउनुपर्छ । त्यसपछि विमानस्थलमा पनि भ्रमण वर्ष अगाडि नै आगमनतर्फ ड्युटी–फ्री खोल्नुपर्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>