चितवन विशेष

महालक्ष्मी विकास बैंकले दियो खानेपानी ट्यांकी

Banner

चितवन, कार्तिक १७–

महालक्ष्मी विकास बैंक खुरखुरे शाखाले स्थानीय एक मन्दिरलाई खानेपानी ट्यांकी हस्तान्तरण गरेको छ । बैंकले राप्ती नगरपालिका वडा नं. ८, खुरखुरेमा रहेको कल्याणेश्वर शिवालय मन्दिरलाई खानेपानी ट्यांकी तथा स्ट्याण्ड हस्तान्तरण गरेको हो । कार्यक्रममा शाखा प्रबन्धक पुष्पराज रिजालले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णमाया बर्तौलालाई खानेपानी ट्यांकी तथा स्ट्याण्ड हस्तान्तरण गरेका थिए ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तजनको भिडभाड रहने स्थानमा खानेपानी ट्यांकी तथा स्ट्याण्ड उपलब्ध गराइएको शाखा प्रबन्धक रिजालले जानकारी दिए । मन्दिरमा धेरै भक्तजन आउने भएपनि खानेपानीको उचित प्रबन्ध नहुँदा उनीहरु समस्यामा पर्ने गरेकाले सहयोग गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष बर्तौलाले यो सहयोगले मन्दिर दर्शनका लागि आउने भक्तजनलाई खानेपानी सहज रुपमा उपलब्ध हुने विश्वास व्यक्त गरिन् ।
बैंकले यसअघि राप्ती नगरपालिका वडा नं. १०, कोराकमा रहेको आधारभूत विद्यालयका १ सय ५० चेपाङ विद्यार्थीलाई स्वेटर बितरण गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>