चितवन विशेष

देउसी भैलोबाट श्री मावि बाह्घरेले उठायो दश लाख बढी, शिक्षकलाई तलब खुवाइने

०
Banner

आशा खरेल

कात्तिक चितवन १७– 

माध्यमिक तहमा दरबन्दी नपाएको यहाँको एक सरकारी बिधालयले निजि श्रोतका शिक्षकलाई तलब खुवाउन देउसी भैलो कार्यक्रम गरेको छ। भरतपुर ४ बाह्रघरेमा रहेको श्री माध्यमिक बिधालय बाह्रघरेले मा. वि तहमा निजि स्रोतका लागि ४ जना शिक्षक राखेको र निजि शिक्षकहरुलाई तलब खुवाउन देउसी भैलो कार्यक्रम गरेको स्कुल ब्यबस्थापन समितिका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए।

५ बर्ष अगाडि देउसी भैलो कार्यक्रम आयोजना गरि १२ लाख रुपैयाँ र केही उधोगिको सहगोगमा पैसा संकलन गरि तलब खुवाउदै आएकोमा हाल सो पैसा सकिएकोले यसपालि देउसी भैलो कार्यक्रम गरेको अध्यक्ष सापकोटाले जानकारी दिए ।
बिधालयले मासिक ७५ हजार निजि शिक्षकलाई तलब खुवाउदै आएको छ ।

बिधालयले गरेको देउसी भैलो कार्यक्रममा सहयोगिहरुले उत्साहका साथ सहयोग गरेका थिए । बिधालयका शिक्षक शिक्षिकाले आफ्नै आवाजमा देउसी भटाई नाचगान समेत गरेका थिए ।

भरतपुर महानगरपालिकाले स्कुललाई कुनै पनि आर्थिक सहयोग नगरेको , निजिश्रोतका शिक्षकलाई तलब खुवाउने पैसा नभएको , दरबन्दी नदिएको गरिब जनताका छोराछोरी अध्ययन गर्ने सरकारी स्कुललाई महानगरको नेतृत्वले पुर्ण रूपमा बेवास्ता गरेको कारण आर्थिक संकलनको लागि देउसी भैलो खेलिएको अध्यक्ष सापकोटाले जानकारी दिए ।
उनले दिपावलिको अवसर पारेर ५ दिनसम्म देउसी भैलो खेलेको बताए । बिधालय परिवार देउसी खेल्नका लागि रामघाट , बिशाल चोक , धर्मचोक , धारापानी चोक , दुर्गा चोक र बारघरे स्कुल आसपास पुगेको बताए । ५ दिन देउसी भैलो खेलेर बिधालयलेपहिलो दिन दुई लाख चार हजार
पाँच सय अन्ठानब्बे रुपैयाँ उठाएको छ ।त्यसैगरी दोस्रो दिन एक लाख अठार हजार नौ सय छ्यानब्बे रुपैयाँ उठाएको हो । तेस्रो दिन दुई लाख अठासी हजार नौ सय आठ रुपैयाँ उठाउन सफल भएको थियो ।
चौथो दिन एक लाख एकाउन्न हजार चार सय छयासी रुपैयाँ उठाएको छ । त्यसैगरि पाचौं दिन दुई लाख अठ्सठ्ठि हजार बीस रुपैयाँ उठाएको हो । देउसी भैलो खेलेर दस लाख पैतिस हजार तीन सय अठार रुपैयाँ उठेको अध्यक्ष सापकोटाले जानकारी दिए ।

बिधालयका प्रधानाध्यापक सानुकाजी श्रेष्ठले यस बिद्यालयबाट देउसिभैलो कार्यक्रममा धन्यवाद व्यक्त गरेका छन । हाल सो बिधालयमा ४ सय ६० जना बिद्यार्थी रहेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>