देश/प्रदेश

प्रधानमन्त्री ओलीका सुरक्षा अधिकृत जुवाखालबाट पक्राउ

Banner

काठमाडौँ कात्तिक १६-

जुवाखालबाट प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षा अधिकृत(एडिसी) पक्राउ परेका छन्। नेपाली सेनाका मेजर राजेन्द्र शाहीलाई टोखा प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो

।काठमाडौं प्रहरी परिसर टेकुले सो जुवाखालबाट शाहीसँगै अन्य ८ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, धर्म शाही,किरणजंग शाह, निरज राणा र जितबहादुर गुरुङ रहेका छन्।

प्रहरीले उनीहरूलाई सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट पक्राउ गरेको हो।

उनीहरूको साथबाट एक लाख ५९ हजार तीन सय रुपैयाँ पनि बरामद भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>