देश/प्रदेश

आलमलाई बाचुन्जेल कारावासको मागसहित अभियोगपत्र दर्ता

Banner

रौतहट कात्तिक १५ –

प्रहरीले नेपाली काँग्रेसका निलम्बित सांसद मोहम्मद अफ्ताव आलमलाई आजीवन कारावासको मागसहित सरकारी वकिल कार्यालयमा अभियोगपत्र दर्ता गराएको छ । रौतहट प्रहरी शुक्रबार आलमलाई ज्यान मार्ने कसुर, ज्यान मार्ने उद्योग तथा बिष्फोटक पदार्थ किनबेच र भण्डारणको मुद्धामा आजीवन काराबास कैदको मागसहित अभियोगपत्र दर्ता गरेको हो ।

२०६४ साल चैत २७ गते पहिलो संविधानसभाको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा भएको बम विष्फोटमा संलग्न रहेको भन्दै सर्वोचको आदेशमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । आलम समेतको संलग्नतामा बम विस्फोटका घाइतेहरुलाई इँटाभट्टामा जलाएको दावी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सो घटनाबारे १९ दिनदेखिको अनुसन्धान र विभिन्न पक्षबाट प्राप्त प्रमाण सहितको मिसिल शुुक्रबार अपरान्ह तीन बजे दर्ता गराइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>