देश/प्रदेश

दाङमा ट्याक्टर दुर्घटना : ३ जनाको मृत्यु, १७ जना घाईते

Banner

दाङ कात्तिक १५–

दाङमा वनभोज खाएर फर्कदै गरेका किशोर किशोरी चढेको ट्याक्टर दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर १७ जना घाईते भएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरतसिंह राठोरले जानकारी दिए । मृतकहरुको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

घाईतेहरुलाई उपचारको लागी लमही अस्पतालमा ल्याइएको छ । गढवा गाउँपालिका वडा नं–६ चिल्लेका किशोर किशोरी बनभोजको लागी गढवा गाउँपालिका वडा नं– ५ चिसापानी पुगेका थिए । वनभोज पछी फर्कदै गर्दा वनभोज स्थल देखी दुई सय मिटर नजिक रा १ त २३९३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>