देश/प्रदेश
तेजाब प्रहार गरी फरार केशरी ६ वर्षपछि पक्राउ
०

काठमाडौं कात्तिक १५-
अनुहारमा तेजाब प्रहार गरी फरार रहेका एक अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन्। ०७० बैशाख ९ गते मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ की विन्दावासिनी कंसाकारमाथि तेजाब प्रहार गरी फरार रहेका दिलिराज केशरी बिहिबार साँझ करिब ९ बजे पक्राउ परेका हुन्।
आफ्नै भाँडा पसलमा बसिरहेकी कंसाकारमाथि भारत माहाराजगञ्जका केशरीले तेजाब प्रहार गरेका थिए। केशरीलाई जिप्रका मकवानपुर र जिप्रका बाराको प्रहरी टोलीले बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२३ भलोहीमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिप्रका मकवानपुरका प्रहरी प्रवक्ता यत्रप्रसाद भट्टराई बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























