मध्य नेपाल
मुग्लिन–पोखरा सडक विस्तारः एडीबीले साढे २१ अर्ब ऋण दिने
०

काठमाडौं,कात्तिक १५-
एसियाली विकास बैंक (एडीबी)ले मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार गर्न २१ अर्ब ५० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ । दुई लेनको सडक चार लेनमा विस्तार गर्न लागिएको छ । एडीबीको सञ्चालक समितिले बुधबार सहुलियत ऋण अनुमोदन गरेको हो ।
एडीबीले मुख्याल मनिलाबाट जेठ १३ मा उच्चस्तरीय टोली मुग्लिन–पोखरा सडकखण्ड निरीक्षण गर्न नेपाल आएको थियो । १५ दिनका लागि नेपाल भ्रमणमा आएको टोलीले मुग्लिन–पोखरा सडकको स्थलगत अनुगमन गरेको थियो । टोलीले बुझाएको प्रतिवेदनका आधारमा एडीबीले ऋणका लागि सहमति जनाएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा निर्दोष घोरसाइनेले लेखेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























