अन्तर्राष्ट्रिय
पाकिस्तानको राजदूतले भने : काश्मिरमा आत्मनिर्णयको अधिकार कार्यान्वयन होस्
०

काठमाडौँ, कात्तिक १४-
नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको आत्मनिर्णयको अधिकार कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । यहाँस्थित पाकिस्तानी राजदूतावासले आज दूतावासमा गरेको ‘जम्मुकाश्मिर विवाद र पछिल्ला घटनाक्रम’ विषयको छलफलमा उनले दक्षिण एशियाको शान्ति, स्थायित्व र विकासका लागि जम्मुकाश्मिर विवादको अन्त्य अपरिहार्य भएको बताए ।
उनले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावानुसार काश्मिरका जनताको आत्मनिर्णयको अधिकार कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समुदायले प्रयास गर्नुपर्नेमा जोड दिए । राजनीतिक विश्लेषक सुरेन्द्र केसीले आणविक शक्ति राष्ट्र भारत र पाकिस्तानबीचको द्वन्द्वले दक्षिण एशियाको शान्ति, प्रगति र विकासमा अवरोध सिर्जना भएकाले वार्ताका माध्यमबाट सबै समस्याको समाधान हुनुपर्ने बताए । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























