चितवन विशेष
चितवनमा बसको ठक्करबाट एकको मृत्यु
०

चितवन,कात्तिक ११-
चितवनको खैरहनीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका ८ पर्सा बजारमा गयराती नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको ना ५५ प २१३१ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट गम्भिर घाइते बनेका मोटरसाइकल चालक खैरहनी १ बस्ने ३० बर्षिय अनिल अधिकारीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























