चितवन विशेष

चितवनको कौडाखालमा प्रहरीको छापा, ६ लाखसहित ३२ जना पक्राउ

Banner

चितवन,कात्तिक ११-

चितवन प्रहरीले कौडा खेलिरहेका ३२ जनालाई झण्डै ६ लाख नगदसहित पक्राउ गरेको छ ।भरतपुर महानगरपालिका १४ मा पर्ने महेन्द्र चोकबाट १२ जना र खैरहनी नगरपालिका १ सिमलघारीबाट २० जनालाई प्रहरीले पक्रेको हो ।महेन्द्र चोकको महिनी पार्टी प्यालेसमा आइतबार राति करिब सवा एक बजे जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले छापा मारेको थियो । त्यहाँ कौडा खेलिरहेका १२ जना ३ लाख ८४ हजार एक सय रुपैयाँ रुपैयाँसहित पक्राउ परेका छन् । उनीहरुको साथबाट १६ थान कौडा पनि बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी चितवनकै खैरहनी नगरपालिका १ सिमलघारीको एक खालि घरमा कौडा खेलिरहेका २० जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १ लाख ९१ हजार ८ सय ४५ रुपैयाँ नगद र १६ थान कौडा बरामद भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>