कालिका

भ्रमण वर्षको प्रवद्र्धन गर्दै रोट्र्‍याक्ट ,शक्तिखोर झरनाको सरसफाई तथा अन्र्तक्रिया

Banner

चितवन कात्तिक १०-

‘नेपाल भ्रमण वर्ष २०२० ‘को प्रचारप्रसार तथा प्रवद्र्धन लागि रोट्¥याक्ट क्लब अफ रत्ननगरले ‘रो ट्रेक टुर २०१९’ अन्र्तगत चितवनको कालीका नगरपालिकामा रहेको शक्तिखोर झरनाको सरसफाई तथा अन्र्तक्रिया कार्यक्रम गरेको छ।

हिजो (शनिबार) क्लबले पर्यटकीय क्षेत्रको अवलोकन संगै झरना घुम्न आएका पर्यटकहरुसंग स्थानिय पर्यटनको बारेमा छलफल तथा सचेतना कार्यक्रम गरेको क्लबकी इन्टरनेशलन सर्भिस डाइरेक्टर अम्रिता अधिकारीले जानकारी दिइन ।
रोट्¥याक्ट क्लब अफ रत्ननगरका अध्यक्ष निकेश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजक एलिसा अर्याल र एलिना अर्यालले गरेका थिए ।यससंगै कार्यक्रममा क्लबका १८ जना सदस्य सहभागिता रहेको थियो ।

क्लबले विभिन्न सामजिक तथा सचेतनामुलक कार्यक्रम गर्दै आएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>