चितवन विशेष

राप्ती महोत्सवमा दर्शक बढ्दै, दुर्गेशसँगै नाचे दर्शक

Banner

चितवन, कार्तिक ७–

राप्ती नगरपालिकामा पहिलोपटक आयोजित राप्ती महोत्सवमा बिहीबार गायक तथा मोडल दुर्गेश थापाले दर्शक झुमाएका छन् ।

विवादित तिहार गीतका कारण प्रहरी झमेलामा परेपछि उनी पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् । उनले आफ्ना चर्चित आधा दर्जन गीतहरु प्रस्तुत गरे । उनीसँगै गायिका साहिमा श्रेष्ठ तथा अन्य कलाकारहरुको प्रस्तुति रहेको थियो । महोत्सवमा बिहीबार आठौ दिन पनि दर्शकको उत्साहजनक सहभागिता रहेको थियो । महोत्सवको कृषि परिसर, विभिन्न व्यसायिक स्टलहरु, बाल उद्यान, जातजातिको घर लगायत साँस्कृतिक कार्यक्रममा दर्शकको भीड उल्लेख्य रहेको थियो । पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्यले बनाइएको सेल्फि जोन दर्शकहरुको विशेष रोजाईमा परेका छन् ।

साँस्कृतिक कार्यक्रमअन्तर्गत शुक्रबार गायिका ज्योति मगर र हास्यकलाकार मनोज गजुरेलको प्रस्तृति रहनेछ । राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आयोजित महोत्सवको कार्तिक ९ गते समापन गर्ने कार्यक्रम छ । विभिन्न २५० वटा स्टलहरु रहेको महोत्सवले स्थानीय स्तरमा उत्पादित बस्तुहरुको प्रवद्र्धन र नगरको पर्यटकिय बिकासमा मद्धत पुर्याउने विश्वास लिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>