कालिका

१० हजार लिटर बढी दूध उत्पादन गर्ने किसानलाई २५ हजार पुरस्कार

Banner

चितवन,कात्तिक ७-

पूर्वी चितवनको कालिका नगरपालिकाले २५ जना व्यवसायिक दुग्ध उत्पादक कृषकलाई विहीवार अनुदान रकम वितरण गरेको छ । बार्षिक १० हजार लिटर भन्दा बढी दूध उत्पादन गर्ने कृषकहरुलाई दुध उत्पादनमा आधारित अनुदान रकम वितरण गरिएको हो । गत आर्थिक बर्ष २०७५/७६ मा बार्षिक १० हजार लिटर भन्दा बढी दुध उत्पादन गर्ने कृषकहरुलाई नगद ३३ हजार ३३३ रुपैयाँका दरले अनुदान रकम वितरण गरिएको पशु सेवा शाखाका प्रमुख ईश्वरी प्रसाद पौडेलले जानकारी दिए । ३३ हजार ३३३ रुपैयामा कर कट्टी गरी २५ हजार रुपैया कृषकलाई प्रदान गरिएको हो । आर्थिक बर्ष २०७४/७५ मा १२ जना कृषकहरुले १० हजार लिटर भन्दा बढी दुध उत्पादन गरेर पुरस्कर वितरण गरिएको थियो ।

वडा नं १ का लक्ष्मी आचार्य,देवीलाल श्रेष्ठ,वडा नं २ का कमला कँडेल,गणेश प्रसाद ढुंगाना,कलावती भूषाल,टीकाराम महतो,वडा नं ३ का हिरामणि पोखरेल,दुर्गा चापागाई,वडा नं ४ का नारायण गिरी,वडा नं ६ का चिन्तामणि पोखरेल,तेजे अम्गाई,कोपिला हादाल,रमेश खनाल,दुर्गा पनेरु,ताराप्रसाद पौडेल,गिता सापकोटा,शोभा भट्ट,गोपिनी घिमिरे,उमानाथ सापकोटा,वडा नं ७ का सोमबहादुर लामा,वडा नं ८ का सुकमाया तामाङ,सुजन ढुंगाना,रुपी तामाङ,जेके दार सिंह र केशव अधिकारीलाई अनुदान रकम वितरण गरिएको थियो । कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ,उपमेयर कमला भट्टराई र प्रमुख प्रशासकी अधिकृत यज्ञ पुरीले अनुदान रकम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले कृषि र पशुपालनमा नगरपालिकाले बिशेष प्राथमिकता दिएको भन्दै अघिल्लो बर्ष भन्दा अहिले धेरै कृषकहरु व्यवसायिक भएकोमा खुसी व्यक्त गरे । मेयर श्रेष्ठले कालिकका जनतालाई व्यवसायिक बनाउने सोच अनुसार किसानलाई प्रोत्साहन गर्न आनुदान रकम वितरण गर्न सुरु गरिएको बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरी,वडाअध्यक्षहरु विनोद रेग्मी, टीकाराज रिजाल , कृष्ण श्रेष्ठ ,डिल्लीराम दुवाडी,कृषि शाखा प्रमुख शिवराज पौडेल लगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>