कर्पोरेट

एनसेलको तिहार अफरः चार गुणा बढी फोरजी डेटा बोनस

Banner

काठमाडौं, कात्तिक ७-

एनसेल प्राइभेट लिमिटेडले तिहार र छठ पर्वको अवसरमा ग्राहकका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ ।

एनसेलले आज प्रेषित गरेको विज्ञप्तिअनुसार यसअन्तर्गत ग्राहकले चार गुणा बढी डेटाको फाइदा लिन सक्नेछन् । अफर आज बिहीबारबाट लागू भई १५ दिनसम्मका लागि सञ्चालनमा रहने छ । यस अफरअन्तर्गत एक दिन समयावधिमा भएको ७५ एमबी डेटा र सात दिनको समयावधिमा भएको ५०० एमबीको डेटा प्याक खरिद गर्ने ग्राकहले चार गुणा बढी डेटा भोल्युमको फाइदा लिन सक्नेछन् ।

कर बाहेक १५ रुपैयाँ (करसहित १९.१५) शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थपफोरजी डेटा पाउनेछन् । यसको मतलब ग्राहकले कुल ३०० एमबी डेटा पाउनेछन् । त्यसैगरी कर बाहेक ७५ (करसहित ९५.७७) शुल्कमा आउने ५०० एमबीको खरिदमा थप १५०० एमबीफोरजी डेटा बोनस स्वरुप पाउनेछन् । यसरी कुल दुई हजार एमबी डेटा पाउन सक्नेछन् ।

ग्राहकले सजिलैसँग एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ४४ ह्यास डायल गरी वाएन सेल एपबाट यो अफर एक्टिभेट गर्न सक्छन् । यस अफरअन्तर्गत पाइने बोनस डेटा भोल्युम ग्राहकले फोरजी चल्ने मोबाइल सेट र सिम प्रयोग गरी फोरजी नेटवर्क सञ्चालनमा रहेका स्थानहरुमा चलाउन सक्नेछन् ।

चाडपर्वको अवसरमा सञ्चालनमा ल्याइएको यस अफरले ग्राहकलाई थप सुविधा प्रदान गर्ने र आफन्त, परिवारजन र साथी भाइबीच सम्पर्कमा रही रहन, शुभकामना आदानप्रदान तथा खुसी साटासाट गर्न मद्दत पु¥याउने विश्वास एनसेलले लिएको छ ।  यस अफरबाट फाइदा लिन फोरजी सिमन भएका ग्राहकले आफूलाई नजिकै पर्ने एनसेल सेन्टरमा गई आफ्नो सिमलाई फोरजी सिमअर्थात् युसिमसँग साट्न सक्नेछन् । यस प्रक्रिया मार्फत् युसिमलिने ग्राहकले सातदिनको समयसिमा रहेको एक जिबी डेटा पनि पाउनेछन् । यो डेटा दिनको समयमा अर्थात् बिहान ५ देखि साँझ ५ बजेको समयमा प्रयोग गर्न सक्नेछन् । युसिम लिएपछि ग्राहकले एष्ट्रिक्स ३२४ ह्यास डायल गर्न सक्छन् र फोरजी सेवाको फाइदा लिन सक्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>