चितवन विशेष

राप्ती महोत्सवमा दर्शकको आकर्षण बढ्यो, एकैदिन हजारौंले गरे अवलोकन

Banner

राप्ती, कात्तिक ७–

राप्ती नगरपालिकामा पहिलोपटक आयोजित प्रथम राप्ती महोत्सवको आठौँ दिन बिहीबार उल्लेख्य दर्शकले अवलोकन गरेका छन् ।
महोत्सवको कृषि परिसर, विभिन्न व्यवसायिक स्टलहरु, बालउद्यान, जातजातिको घरलगायत सांस्कृतिक कार्यक्रममा दर्शकको भीड उल्लेख्य रहेको छ । महोत्सव प्रवद्र्धन समितिका संयोजक दिनेश सेढाईका अनुसार एकै दिन दशाँै हजारभन्दा बढि दर्शकले महोत्सव अवलोकन गरेका छन् ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बनाइएको सेल्फी जोन दर्शकहरुको विशेष रोजाइमा परेका छन् । सेल्फी जोनमा तस्विर लिनेहरुको भीड लागेको छ । त्यस्तै मगर, चेपाङ र थारु जातिको सांस्कृतिक घरमा समेत दर्शकको भीड छ । चेपाङ घरमा चेपाङले खाने कन्दमुल गिठासमेत दर्शकले खाने गरेका छन् ।

सांस्कृतिक कार्यक्रममा पनि दर्शक ओइरिएका छन । सांस्कृतिक कार्यक्रमअन्तर्गत आज गायक तथा मोडल दुर्गेश थापा, गायिका साहिमा श्रेष्ठ, शितल शर्मा लगायतको प्रस्तुति चलिरहेको साँस्कृतिक कार्यक्रम संयोजक प्रदिप उप्रेतीले जानकारी दिए ।

राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आयोजित महोत्सवको असोज ३० गते पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । विभिन्न २५० वटा स्टलहरु रहेको महोत्सव कात्तिक ९ गतेसम्म चल्नेछ । महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तुहरुको प्रवद्र्धन र नगरको पर्यटकीय विकासमा मद्धत पु¥याउने विश्वास लिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>