खेलकुद

राप्ती महोत्सवमा भलिबल प्रतियोगिता सुरु

Banner

चितवन, कार्तिक ४–

राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा जारी ‘प्रथम राप्ती महोत्सव’मा सोमबार पनि उल्लेख्य दर्शकले अवलोकन गरेका छन् ।

महोत्सवको कृषि परिसर, विभिन्न व्यावसायिक स्टलहरु, बाल उद्यान, विभिन्न जातजातिको घर लगायत साँस्कृतिक कार्यक्रममा दर्शकको भीड लागेको थियो । महोत्सव प्रवद्र्धन समितिका संयोजक दिनेश सेढाईका अनुसार सोमबार हजारौ दर्शकले महोत्सव अवलोकन गरेका छन् । उनका अनुसार दर्शकको बाक्लो उपस्थितिले महोत्सवमा ब्यापार समेत उल्लेख्य वृद्धि हुँदै गएको छ ।

महोत्सवमा रहेको सेल्फी जोनमा दर्शकहरु झुम्मिएका छन् । पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले बनाइएको सेल्फी जोनमा तस्वीर लिनेहरुको भीड लागेको छ । त्यस्तै मगर, चेपाङ र थारु जातिको साँस्कृतिक घरमा समेत दर्शकको भीड छ । चेपाङ घरमा चेपाङले खाने कन्दमुल गिठासमेत दर्शकले खाने गरेका छन् ।

साँस्कृतिक कार्यक्रममा पनि दर्शक ओइरिएका छन् । सोमबार चर्चित गायक रमेशराज भट्टराई, गायिका पार्वती लोहनीको प्रस्तुति रह्यो । साँस्कृतिक कार्यक्रमअन्तर्गत मंगलबार चर्चित गायक प्रमोद खरेल, गायिका उमादेवी खनाल, मोडल खुश्वु खड्का, बेबु आचार्य लगायतको प्रस्तुती रहने साँस्कृतिक कार्यक्रम संयोजक प्रदिप उप्रेतीले जानकारी दिए ।

यसैबीच महोत्सव अन्तर्गत सोमबार वडास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्लले गरेका थिए । हरेक दिन विभिन्न टिमबीच महोत्सव स्थलमै भलिबल खेलाइने प्रतियोगितात्मक कार्यक्रमका संयोजक गीता पाइजाले जानकारी दिइन् ।

राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आयोजित महोत्सवको बिहीबार पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेका थिए । विभिन्न २५० वटा स्टलहरु रहेको महोत्सव कार्तिक ९ गतेसम्म चल्नेछ । महोत्सवले स्थानीय स्तरमा उत्पादित बस्तुहरुको प्रवद्र्धन र नगरको पर्यटकिय विकासमा मद्धत पु¥याउने विश्वास लिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>