खेलकुद

सशस्त्रलाई हराउँदै आर्मी सेमीफाइनलमा

Banner

चितवन, कार्तिक ४–

साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब नारायगढको क्याम्पाचौरमा जारी टुबोर्ग जेसीज विकास रनिङ शिल्ड राष्ट्रिय फूटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । तर, दोस्रो हाफको दोस्रो मिनेटमै आर्मीका लागि मिडफिल्डर सन्तोष तामाङले फ्रीकिकमार्फत गरेको गोल नै निर्णायक बन्यो । विपक्षी खेलाडीले आर्मीका कप्तान भरत खवासलाई लडाएपछि पाएको फ्रीकिकमा राष्ट्रिय खेलाडी सन्तोषले सुन्दर गोल गरे ।

विकास रनिङ शिल्डको १३ औं संस्करण विजेता एपीएफ हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि उसले झापा–११ लाई सडन डेथमा पराजित गरेको थियो ।

उत्कृष्ट प्रदर्शन गरेका आर्मीका जर्सी नम्बर २९ का विमल पाण्डेले म्यान अफ दी म्याच बन्दै १० हजार पुरस्कार पाए ।
अब सेमीफाइनलमा आर्मीले घरेलु टोली चितवन–११ को सामना गर्नेछ । प्रतियोगितामा छैटौं दिन मंगलबार जावलाखेल युथ क्बल र संकटा क्बल काठमाडौंले प्रतिस्पर्धा गर्ने प्रचारप्रसार संयोजक सूर्यभक्त अधिकारीले जानकारी दिए ।

नारायणगढ जेसीजको आयोजनामा भइरहेको प्रतियोगितामा चितवन जिल्ला फूटबल संघ सअआयोजक रहेको छ । प्रतियोगिता जित्नेले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ, शिल्ड तथा उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ पुरस्कार पाउने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>