क्रिकेट

सन्दीप लामिछाने करिव डेढ करोडमा विक्री, ‘द हन्ड्रेड’ क्रिकेट खेल्ने

Banner

काठमाडौं, कार्तिक ४–

नेपालका युवा स्टार सन्दीप लामिछानेले अहिलेसम्मकै महंगो मुल्यमा विक्री भएका छन् ।

आइतबार राति भएको ‘द हन्ड्रेड’ को ड्राफ्टबाट ओभल इन्भेन्सिब्लेसले सन्दीपलाई एक लाख पाउण्डमा आफ्नो टिममा अनुबन्ध गरेको हो । यससंगै सन्दीप ‘द हन्ड्रेड’ क्रिकेट लिग खेल्ने पक्का भएको छ । योसँगै सन्दीपले एक करोड ४६ लाखभन्दा बढी नेपाली रुपैयाँ पारिश्रमिक पाउने छन् ।

सन्दीपसँगै यो टिममा साम करान, सुनिल नारिने, ज्यासन रोय, साम विलिङ्स, रिली रोसउव, टोम करान, रिस टोप्लिय, हर्डस भिल्जेन, फवियन एलन, एलक्स ब्लाक, विल ज्याक्स, क्रिस वोड, नाथन सोवटर र लउरी इभान्स रहेका छन् ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले सन् २०२० मा आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>