क्रिकेट

वुमन्स च्याम्पियन्स लिग क्रिकेट : चितवन फाइनलमा, प्लेअफमा काठमाडौं र विराटनगर भिड्ने

Banner

काठमाडौं कात्तिक ३-

अपराजित यात्रा कायम राख्दै चितवन राइनोज जारी वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । लिग चरणको अन्तिम खेलमा विराटनगर टाइटन्समाथि ५३ रनको जित निकाल्दै चितवन राइनोज प्रतियोगिताको फाइनलमा पुगेको हो ।

१ सय २३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको विराटनगर १७।५ ओभरमा ६९ रनमा अलआउट भएपछि चितवन अपराजित यात्रासहित फाइनल पुग्न सफल भएको हो ।

विराटनगरका लागि ज्योति पाण्डेले २१ तथा डली भट्टले २० रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । आरती विडारी ५ रनमा आउट हुँदा अस्मीना कर्माचार्य ६ रनमा पवेलियन फर्किदाँ दुइ खेलाडीले खाता नै खोल्न सकेनन् ।

विराटनगरका खेलाडीलाई सस्तैमा समेट्न चितवनकी कविता गौतमले ३ विकेट लिइन् । रेखा रावल र सन्तोषी चौधरीले १–१ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २३ रनको विजय लक्ष्य दिएको थियो । चितवनको जितमा कागज श्रेष्ठ र कन्चन श्रेष्ठले उत्कृष्ट साझेदारी गरे । ६९ रनको साझेदारी गरेकी कागल ३६ रनमा आरती विडारीको बलमा बोल्ड भइन् । ३४ रन बनाएकी कन्चन ३४ रनमा रनआउट भइन् ।

कप्तान इन्दु बर्माले १७ रन बनाउँदा सुमन खतिवडा १० रनमा पवेलियन फर्किन् । रितु कनौजीयाले ५ रन बनाउँदा प्यारी चौधरी र रेखा रावलले खाता नै खोल्न सकेका थिइन् । सन्तोषी चौधरीले २ तथा निङगमा तामाङले १ रन जोडिएकी थिइन् ।

विराटनगरकी सबनम राईले २ विकेट लिदाँ सोनु खड्का, आरती विडारी र शर्मिला मगरको नाममा १–१ विकेट रहेको थियो । जितसँगै फाइनल पुगेको चितवनले अब उपाधिका लागि क्याट क्विन्स काठमाडौं र विराटनगरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।बाह्रखरीबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>