चितवन विशेष

पूर्वीचितवनमा ‘प्रथम राप्ती महोत्सव’ सुरु

Banner

चितवन, असोज ३०–

पूर्वीचितवनको राप्ती नगरपालिकामा पहिलोपटक ‘राप्ती महोत्सव–२०७६’ बिहीबारदेखि सुरु भएको छ ।

महोत्सवको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले चितवनमा भएको विकासको मोडेल अन्य क्षेत्रमा पनि उपयोग गर्नुपर्ने बताए । उनले भने,‘पछिल्लो समय चितवनमा तिब्र विकास भइरहेको छ, यसले अन्य जिल्लालाई पनि सकरात्मक सन्देश प्रवाह गरिरहेको छ ।’

प्रचण्ड सो अवसरमा भरतपुरको गोन्द्राङमा रहेको सडक दस्तुर उठाउने ढाँट र किसानलाई धानमा भएको क्षति दिलाउन पहल गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ देश दु्रत गतिमा विकास निर्माणको चरणमा अघि बढिरहेको बताए । उनले सरकारले दिर्घकालिन योजनाका साथ काम गरिरहेको दाबी गरे ।

कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रदेश नम्वर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल लगाएतले बोलेका थिए ।

महोत्सव उद्घाटन अघि शोभा यात्रा निकालिएको थियो । शोभा यात्रामा विभिन्न जातजातिको भेषभुषा, कला सँस्कृति प्रदर्शन गरिनुका साथै विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो ।

महोत्सवमा स्थानीय उत्पादन र कृषिलाई विशेष प्रथामिकता दिइएको महोत्सवका मुल समारोह समितिका संयोजक तथा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कँडेलले जानकारी दिए । उनले मह, दूध, माछालगायत कृषिजन्य उत्पादनको प्रवद्र्धनमा महोत्सवले जोड दिएको बताए ।

महोत्सवमा रेशम खेतीको प्रवद्र्धनका लागि छुट्टै स्टल राखिएको छ । चेपाङ, मगर र थारु समुदायको साँस्कृतिक घरहरु महोत्सवको थप आकर्षणको रुपमा रहेको कला तथा सास्कृतिक संयोजक प्रदिप उप्रेतीले बताए । महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरु बद्री पंगेनी, प्रमोद खरेल, पशुपति शर्मा, खुमन अधिकारी, रामजी खाँण, दुर्गेश थापा, मनोज गजुरेल, कमला घिमिरेलगायतको प्रस्तुति रहने उनले जानकारी दिए ।

महोत्सवमा पर्यटन प्रवद्र्धनका लागि सेल्फी जोनको समेत व्यवस्था गरिएको छ । २५० वटा स्टलहरु रहने महोत्सवमा राप्ती नदीमा डुङगा सयर, पर्यटकिय स्थलहरुमा जीप सफारीको व्यवस्था समेत गरिएको छ । ‘कृषि पर्यटन, उद्योग र ब्यापार, राप्ती विकासको मुल आधार’ भन्ने नारासहित आयोजना गरिएको महोत्सव कार्तिक ९ गतेसम्म चल्नेछ । राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>