खेलकुद
विश्वकप छनौटः जोर्डनसंग नेपाल ३–० ले पराजित
०

काठमाडौं, असोज २८–
सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनौट प्रतियोगिता अन्तरगत मंगलबार राती भएको खेलमा नेपाल बलियो प्रतिद्धन्द्धी जोर्डनंग पराजित भएको छ । जोर्डनले घरेलु मैदानमा नेपाललाई ३–० गोल अन्तरले पराजित गर्यो ।
पहिलो हाफ बराबरी खेलेको नेपालले दोस्रो हाफमा ३ गोल खान पुगेको थियो । दिनेश राजवंशीले डिबक्समा फल गरेपछि जोर्डनले पेनाल्टी मार्फत पहिलो गोल गरेको थियो । त्यसपछि लगातार जोर्डनले प्रहार गर्दै ३ गोल गर्न सफल भयो । पहिलो हाफमा जोर्डनले थुप्रै मौका पाए पनि गोल गर्न सकेन । नेपालले एउटा मात्र प्रहार गरेको थियो ।
यस प्रतियोगिता अन्तरगत नेपाल कुवेतसंग ७–० ले पराजित भएको थियो भने चाइनिज ताइपेलाई २–० ले पराजित गरेको थियो । यस्तै केहीदिन अघि भएको खेलमा विश्वकप खेलेको अष्ट्रेलियासंग नेपाल ५–० ले पराजित भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























