खेलकुद
विश्वकप छनौटः पहिलो हाफमा नेपाल (०)–(०) जोर्डन
०

काठमाडौं, असोज २८–
सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनौट प्रतियोगिता अन्तरगत अहिले नेपालले बलियो प्रतिद्धन्द्धी जोर्डनविरुद्ध खेलिरहेको छ । जोर्डनको घरेलु मैदानमा भईरहेको खेलमा नेपालले जोर्डनलाई कडा टक्कर दिइरहेको छ ।
पहिलो हाफ सकिदा दुवै टिमले कुनै गोल गर्न सकेका छैनन् । पहिलो हाफमा जोर्डनले थुप्रै मौका पाए पनि गोल गर्न सकेन । नेपालले एउटा मात्र प्रहार गरेको थियो । नेपालले आज जोर्डनलाई बराबरीमा रोक्ने प्रयास गरेको छ ।
यस प्रतियोगिता अन्तरगत नेपाल कुवेतसंग ७–० ले पराजित भएको थियो भने चाइनिज ताइपेलाई २–० ले पराजित गरेको थियो । यस्तै केहीदिन अघि भएको खेलमा विश्वकप खेलेको अष्ट्रेलियासंग नेपाल ५–० ले पराजित भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>