अन्तर्राष्ट्रिय

दक्षिण अफगानिस्तानमा १३ तालिबान लडाकू मारिए

Banner

अफगानिस्तान, असोज २८-

अफगानिस्तानको जाबुल प्रान्तको शाहजोय जिल्लामा भएको एक सुरक्षा कारबाहीको क्रममा कम्तीमा १३ तालिबान लडाकू मारिएका सेनाद्वारा मङ्गलबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

प्रेस विज्ञप्तिका अनुसार सोमबार समस्याग्रस्त शाहजोई जिल्लाका केही भागमा सञ्चालन गरिएको यस अभियानमा चार जना लडाकू घाइते भएका थिए । उक्त क्षेत्रमा विद्रोहीलाई सफा नगरेसम्म कारबाही जारी रहने प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएको छ । तालिबानी संगठनले यस कारबाहीको बारेमा केही टिप्पणी गरेका छैनन् । रासस \सिन्हवा

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>