नवलपरासी
पश्चिम नवलपरासीको नहरमा मृत व्यक्ति फेला
०

नवलपरासी,असोज २८-
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नेपाली नहरमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । करीब ३०÷३५ वर्षको देखिने पुरुष व्यक्तिको शव नहरको पानीमा घोप्टो परेको अवस्थामा आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।
उनको अहिलेसम्म परिचय खुल्न सकेको छैन । नहरछेउको सडकमा एउटा भारतीय मोटरसाइकल र उनले प्रयोग गरेको मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्यसहितको प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने देखिएकाले प्रहरीले सूक्ष्म ढङ्गले अनुसन्धान थालेको जनाएको छ । घटनाको अनुसन्धानका लागि तालीम प्राप्त कुकुर मगाइएको प्रवक्ता थापाले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>