चितवन विशेष
सरकारकै कारण गणन्त्रमाथि प्रश्न उब्जिएको छः नेता पौडेल
०

चितवन, असोज २६–
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवंम् युवा नेता प्रदीप पौडेलले सरकारकै कारण लोकतन्त्र र गणतन्त्र माथि प्रश्न उब्जिएको बताएका छन् । वर्तमान व्यवस्थाप्रति बिरोध आउनुमा वर्तमान सरकार नै मुख्य कारण रहेको बताए ।
नेपाली काँग्रेस चितवनले आज (आइतबार) आयोजना गरेको वृहत चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको समुद्घाटन गर्दै नेता पौडेलले संविधान परिवर्तन गरिए पनि दल र नेताहरुले प्रवृत्ति पुरानै देखाएकाले समस्या उत्पन्न हुन थालेको बताए । उनले भने–‘दुई तिहाई सरकारलाई विकास गर्न कसले रोकेको छ ?, सरकार आफै काम गर्न नसक्दा जनतामा निराशा छाउन थालेको हो ।’
नेता पौडेलले प्रधानमन्त्री ओली र मन्त्रीहरुको अभिव्यक्तिले जनतामा झनै निराशा छाउन थालेको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























