राजनीति

काठमाडौंमा १५ हजार सुरक्षाकर्मी परिचालन,सीको सुरक्षामा छतदेखि आकाशसम्म सेना

Banner

काठमाडौं,असोज २५-

चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणलाई लक्षित गरी राजधानी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । सडकदेखि आकाशमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । सडकदेखि अग्ला घरका छतमा पनि अत्याधुनिक हतियारसहितका सेना खटाइएको छ । घरका छतमा खटिएका सेनाले अत्याधुनिक दुरविन प्रयोग गरी निगरानी गर्दै आएका छन् ।

सडकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागको टोली परिचालन गरिएको छ । सुरक्षाका लागि करिब १५ हजार सुरक्षाकर्मी काठमाडौंमा परिचालन गरिएको गृहमन्त्रालय स्रोतले बतायो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>