पत्रपत्रीका बिशेष
११ नेताका गाडी नेकपाको सम्पत्ति, बाबुराम र विप्लव नेकपाकै गाडीमा
०

काठमाडौं, असोज १७–
गाडी अन्य पार्टीका नेताहरुले चढिरहेका छन् । तर सत्तारुढ नेकपाले ती सबै आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ । नेकपाले प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत ११ नेताको गाडी सम्पत्ति विवरणमा राखेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।
तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि केन्द्रीकृत गर्न लागिएको सम्पत्ति विवरणमा अन्य पार्टीका नेताले प्रयोग गरिरहेका गाडीसमेत उल्लेख छ । तत्कालीन माओवादी केन्द्रको सम्पत्ति विवरण कार्यालयका तत्कालीन मुख्य सचिव प्रह्लाद बुढाथोकीले असोज १ मा नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल ‘प्रशान्त’ लाई बुझाएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>