समाचार

प्रहरी हुँ भन्दै धम्क्याउने व्यक्ति वाकिटकी र पत्रकार परिचयपत्रसहित पक्राउ

Banner

काठमाडौं,असार ४-

प्रहरी हुँ भन्दै धम्क्याउने व्यक्ति वाकिटकी र पत्रकार परिचयपत्रसहित पक्राउ गरेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ घर भएका ४७ वर्षीय शैलेश डंगोल छन् । उनीबाट प्रभाव दैनिकको नवीकरण नगरेको पत्रकार परिचयपत्र र वाकिटकी बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

बुधबार राति साढे ९ बजेतिर काठमाडौं–३२ को फुटबल ग्राउण्डमा धम्की दिएको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीबाट प्रदेश ३–०१–०२३ च २५३० नम्बरको सवारी पनि बरामद भएको छ । उनीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>