प्रवास
दुबईमा बस दुर्घटनाः ६ नेपाली नागरिकको मृत्यु
०

यूएई,असोज १३ –
यूएईको दुबईमा भएको बस दुर्घटनामा परेर ६ जना नेपालीको मृत्यु भएको छ । ज्यान जाने नेपालीहरुमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद रहेको यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा परि ज्यान गुमाउने नेपालीहरुको नेपालस्थित ठेगाना भने खुलेको छैन ।
फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनिबस सोमबार दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ६ जना नेपाली नागरिकसहित ८ जनाको ज्यान गएको हो । ज्यान जानेमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>