चितवन विशेष
भरतपुरको सिनर्जी रोडमा खुल्यो ‘च्वाइस प्वाइन्ट’
०

चितवन, असोज १२–
चितवनको भरतपुरस्थित सिनर्जी रोडमा आधुनिक सुविधासम्पन्न कपडाको सोरुम ‘च्वाइस प्वाइन्ट’ आज (आइतबार)देखी सञ्चालनमा आएको छ ।
घटस्थापनाको अवसर पारी सञ्चालनमा ल्याइएको सोरुमको देवघाट गलेश्वर आश्रमका स्वामी आत्मानन्द गिरीले एक कार्यक्रमका बीच उद्घाटन गरे । युवा पुस्तालाई लक्षित गरि संचालित सो रूपमा ब्राण्डेड लेडिज, जेन्स तथा बेवी आइटम कपडाहरु राखिएको सञ्चालक सुशील जोशीले जानकारी दिए ।
दुई ठूला मेडिकल कलेज, वीरेन्द्र क्याम्पस, आगडि रहेको सिजी ल्याण्डमार्क, गुणस्तरप्रति सचेत ग्राहकहरुलाई लक्षित गरी सोरुम सञ्चालनमा ल्याएको सञ्चालक जोशीको भनाइ छ । हरेक समान लिनका लागि नारायणगढ बजार नै झर्नुपर्ने बाध्यता रहेका ग्राहकहरुलाई भरतपुरमा नै छनौटको अवसर सोरुमले प्रदान गर्ने विश्वास जोशीले लिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>