खेलकुद

रोनाल्डोलाई पछिपार्दै मेस्सीले जिते फिफा वर्ष खेलाडीको उपाधि

Banner

काठमाडौं, असोज ७–

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको उत्कृष्ट वर्ष पुरुष खेलाडीको उपाधि अर्जेन्टिनाका स्टार लियोनेल मेस्सीले जितेका छन् ।

इटालीको मिलानमा आयोजित कार्यक्रममा वर्षभरी गरेको प्रदर्शनका आधारमा फिफाले विभिन्न विधाका उत्कृष्ट ‘द बेस्ट’ लाई अवार्ड प्रदान गरेको हो । द बेस्ट पुरुष खेलाडीको उपाधि जित्नका लागि बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड मेस्सीले लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइक र युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका थिए ।

उनले बार्सिलोनाबाट अघिल्लो सिजन ला लिगाको उपाधि जितेका थिए । यस्तै, च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बन्दै युरोपियन गोल्डेन बुट समेत जितेका थिए ।

यस्तै, महिला तर्फको उत्कृष्ट खेलाडीको अवार्ड अमेरिकी खेलाडी मेगन रोपिनोले जितिन् । उनले ओलम्पिक लियनोबाट खेल्ने इंग्लिस खेलाडी लुसी ब्रोन्ज र ओर्लाण्डो प्राइडबाट खेल्ने अमेरिकी खेलाडी एलेक्स मोर्गन पार्दै अवार्ड जितेकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>