नवलपरासी
नवलपरासीमा राष्ट्रिय औद्योगिक व्यापार मेला मङ्सिरमा
०

नवलपरासी असोज ६-
पश्चिम नवलपरासीमा आगामी मङ्सिर १३ देखि २३ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६ को आयोजना ने भएको छ ।
कृषि, पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रविधिको बृहद् प्रदर्शनी हुने मेला पश्चिम नवलपरासीको सदरमुकाम परासीमा तयारी गरिएको आयोजक उद्योग वाणिज्य सङ्घ नवलपरासीले जनाएको छ ।
स्थानीय उत्पादन र पर्यटक प्रवद्र्धनलाई मुख्य प्राथमिकतामा राखी मेला सञ्चालनको तयारी गरिएको सङ्घका महासचिव गिरीराज पाण्डेले जानकारी दिए । मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवम् सूचना प्रविधि गरी करीब दुई सयभन्दा बढी स्टल रहनेछन् । सो मेलाका अवसरमा करीब रु पाँच करोड बराबरको आर्थिक कारोवार हुने लक्ष्य लिएको आयोजकको दाबी छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























