Uncategorized

व्यथा लागेर दुई दिनदेखि अलपत्र परेकी सुत्केरीको बझाङबाट उद्धार

Banner

बझाङ, भदौं ३१-

दुई दिनदेखि व्यथा लागेर अलपत्र परेकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

अत्यधिक रक्तस्राव भएर ज्यान जोखिममा परेकी साइपाल गाउँपालिका–१ धलौनकी २४ वर्षीया रामदेवी बोहरालाई आज हेलिकप्टरबाट उद्धार गरी जिल्ला अस्पताल चैनपुर ल्याइएको हो । व्यथा लागेपछि बोहरालाई दुई दिनअघि स्थानीय स्वास्थ्य चौकीमा भर्ना गरिएको थियो । उनलाई महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । बच्चाको पेटमै मृत्यु भए पनि बोहराको स्वास्थ्यमा भने क्रमिक सुधार भइरहेको डा सन्दिप ओखेडाले बताए। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>