भरतपुर

मुख्यमन्त्रीद्वारा ‘बायोफ्लक’ प्रविधिमा आधारित माछापालनको अवलोकन

Banner

भरतपुर,भदौं ११-

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ‘बायोफ्लक’ प्रविधिमा आधारित माछापालनको अवलोकन गर्नुभएको छ । भरतपुर महानगरपालिका–१२ मा युवाले शुुरु गरेको माछापालन अवलोकन गर्दै उहाँले ‘बायोफ्लक’ प्रविधिलाई अभियानका रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले माछामा आत्मनिर्भर बन्नका लागि पनि यो प्रविधि महत्वपूर्ण भएको बताउनुभयो । “थोरै जमीनमा पनि धेरै माछा उत्पादन सम्भव छ, उहाँले भन्नुभयो”, यो प्रविधि उत्कृष्ट छ, यसलाई प्रदेश सरकारले सहयोग गर्छ ।’ मुख्यमन्त्री पौडेलले नयाँ नयाँ प्रविधि प्रयोग गरेर कृषिमा आत्मनिर्भर बन्ने अभियानमा युवा वर्ग जुट्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य विजय सुवेदीले ‘बायोफ्लक’ प्रविधिमा आधारित माछापालनलाई एक घर एक पोखरीको अवधारणामा विकास गर्न सकिने बताउँदै हरेक घरमा रोजगार सिर्जना गर्नका लागि यो प्रविधि निकै उपयुक्त रहेको धारणा व्यक्त गर्नुभयो ।

युवाले नेपालमै नयाँ प्रणाली (बायोफ्लक)मार्फत माछापालनको सफल परीक्षणसमेत गरिसकेका छन् । युवा एग्रो फर्म एण्ड रिसर्च सेन्टर स्थापना गरेर १८ वटा ट्याङकमा माछापालन गरिरहेको सञ्चालक कपिलराज रेग्मीले बताउनुभयो । “कृषिमा केही नयाँ गरौँ भन्ने सोचका साथ हामीले यो काम गरेका हौं”, उहाँले भन्नुभयो, “यो प्रविधिले धेरै किसानलाई छिटो लाभ दिन सक्छ ।”रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>