राजनीति

पहिलोपल्ट भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक

Banner

काठमाडौं भदौ ९ –

प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर रहेका बेला पनि मन्त्रिपरिषद् बैठक बसेको छ । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीलाई भिडियो कन्फ्रेन्सका माध्यमबाट जोडेर मन्त्रिपरिषद् बैठक बसेको हो ।

सरकारको कार्यसम्पादन नियमावली २०६४ लाई संशोधन गरेर प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेको बेला भिडियो कन्फ्रेन्सलगायतका प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था भर्खरै गरिएको थियो ।

गत बिहीबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओली सिंगापुर रहँदा पनि मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>