कर्पोरेट

गण्डकी विकास बैँकको थप चार शाखा सञ्चालनमा

Banner

चितवन, भदौं ८-

गण्डकी विकास बैँकले एकै दिन थप चार वटा शाखाहरु सञ्चालनमा ल्याएको छ ।

थप हुने शाखामा तारकेश्वर नगरपालिका वडा नं. ८ जरखुं , मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ भक्तपुर, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटी, बुढानिलकण्ठ नगरपालिका वडा नं. १० बालुवाखानी रहेको बैँकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै बैँकको ८१ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैँकले छिटैनै नेपालको पूर्वदेखि पश्चिमसम्म थप १५ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताएको विज्ञप्तिमा उल्लेख छ ।

यससँगै बैँकका ९६ वटा शाखाबाट पूर्ण बैकिङ सुविधा प्रदान हुनेछ । बैँकले उक्त शाखाबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै बँैकिङ सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवासहितको पूर्ण बैँकिङ सेवा प्रदान गरिनेछ ।

बैँकले गत आर्थिक वर्ष २०७५\७६ मा सञ्चालन मुनाफा ९५ करोड ३५ लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधिसम्म निक्षेप २९ अर्ब ९२ करोड र कर्जा तर्फ २५ अर्ब ८८ करोड पु¥याएको छ । साथै बैंकको निष्क्रिय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको बैँकको दाबी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>