समाज
रवि लामिछानेको रिहाइको माग गर्दै काठमाडौँमा समर्थकहरुको प्रदर्शन
०

काठमाडौँ,भदौं ७ –
टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाइको माग राख्दै काठमाडौँमा पनि उनका समर्थकहरुले प्रदर्शन गरेका छन् । काठमाडौँको नयाँ बानेश्वरमा ठूलो संख्यामा भेला भएका समर्थकहरुले रवि लामिछानेको निर्शत रिहाइको माग गरेका छन् ।
नयाँ बानेश्वरमा भेला भएका समर्थहरु रविको समर्थनमा नाराबाजी गरिरहेका छन् । माउन्टेल टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रक्ररणको छानबिनका लागि पक्राउ परेका रवि लामिछानेसहित तीनजना अहिले चितवन प्रहरीको हिरासतमा छन् ।
उनीहरुलाई अदालतले दोस्रोपटक थपेको म्याद भोलि सकिँदैछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























