खेलकुद
माडीमा स्टार कप फुटबल भोलिदेखी

प्रिती पोख्रेरेल
चितवन भाद्र ६-
चितवनको माडीमा स्टार कप फुटबल प्रतियोगिता २०७६ हुने भएको छ । स्टार स्पोर्टस क्लव बरुवा माडी नगरपालिका वडा नं १ को आयोजनामा प्रतियोगिता हुन लागेको हो । हरेक वर्ष हरितालिका तीजको अवसरमा हुँदै आइरहेको फुटबल प्रतियोगिताको २५ औं संस्करण भोली भाद्र ७ गतेदेखि शुरु भई १७ गतेसम्म संचालन हुने क्लबका सचिब टिकाराम सुबेदीले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख ११ हजार १११ र द्धितिय हुने टिमले नगद रु ५० हजार साथमा ट्रफ्री,मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगितमा म्यान अफ दी म्याच, उत्कृष्ट खेलाडी,सर्बाधिक गोलकर्ता,उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट किपर,उत्कृष्ट डिफेन्डरलाई पुरस्कार प्रदान गरिनेछ ।
माडीको बरुवास्थित खेल मैदानमा हुने सो प्रतियोगितामा प्रवेश शुल्क रु। २० तोकिएको छ । माडीको समग्र खदेलकुद बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्दै आईरहेको क्लबले यस बर्ष आफ्नो २३ औँ बार्षिक उत्सब मनाउदैँछ । खेलको उद्घघाटन माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले गर्नुहुने आयोजकले जनाएको छ ।
























