चितवन विशेष

कृष्णाष्टमीको अवसरमा भोलि भरतपुरमा शोभायात्रा हुँदै

Banner

चितवन, भदौं ५-

श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोलि भरतपुरमा शोभायात्रा हुने भएको छ ।

शोभायात्रा भोलि शुक्रबार बिहान ७ बजे उद्योग वाणिज्य संघ हरिहर मन्दिरबाट सुरु भएर भरतपुर महानगरपालिका–११ जागृतिचोकमा रहेको धावन रिक्रिएशन सेन्टर एवम् पार्टी प्यालेसमा समापन हुने भएको छ ।

जन्माष्टमी शोभायात्रा महामहोत्सव आयोजक समितिले गर्ने कार्यक्रममा चितवनमा रहेका सम्पूर्ण धार्मिक एवम् आध्यात्मिक संघसंस्थाहरुको विशेष सहभागिता रहने जनाइएको छ । कार्यक्रमको उद्देश्य सम्पूर्ण जीवात्माहरूमा भगवद् भक्तिको विकास गर्नु र समाजमा ज्ञान, सदाचार एकताको सन्देश प्रवाह गर्नु रहेको आयोजकले बताएको छ । मित्रता, सद्भाव र एकताको भावनाले अभिप्रेरित भई आयोजना गरिएको यस शोभायात्रालाई सु–सम्पन्न गर्नको लागि सम्पूर्ण सनातन धर्मावलम्बीहरूको साथ र सहयोग अपरिहार्य रहेको समितिले जनाएको छ । समितिका संयोजक उपाशंकर अग्रवालले जारी गरेको विज्ञप्तिमा चितवनका विभिन्न संघसंस्थालाई आफ्नो पहिचानसहित उल्लेख्य संख्यामा उपस्थित भई सहयोग गरिदिन अनुरोध पनि गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>