खेलकुद

नेपाली केटो शास्वत बने विश्व पन्ना च्याम्पियनसिपमा तेस्रो

Banner

चितवन, भदौं ३–

नेपाली १२ वर्षीय केटो शास्वत राणाले विश्व पन्ना च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गरेका छन् ।

सडक फुटबलको रुपमा चर्चित यस प्रतियोगितामा पहिलो पटक नेपाली युवाले तेस्रो स्थान हासिल गर्न सफल भएको हो । पन्ना हाउस सडक फुटबलद्धारा प्रेरित एक साँस्कृति आन्दोलन हो ।

नेपालबाट पुगेका राणा सबैभन्दा कम उमेरका खेलाडी समेत बने । १२ वर्षीय केटाले जादू देखाउँदै प्रतियोगितामा तेस्रो स्थान कब्जा गरे । प्रतियोगितामा एक जना खेलाडीलाई आधिकारिक रुपमा ११ देशबाट खेल्न आमन्त्रण गरिएको हो । उनलाई डेनमार्कबाट प्रतियोगितामा आमन्त्रण गरिए पनि नेपालको प्रतिनिधित्व गर्दै पुगेका थिए । उनले १५ वर्षीय बेल्जियमका खेलाडीलाई हराउँदै तेस्रो स्थान कब्जा गरेका हुन् । उनी प्रतियोगितामा क्रेजी नेपाली ब्वाईको नाममा परिचित थिए ।

विवेक राणा सुशीला हमालका छोरा शाश्वत डेनमार्कको बोल्डक्लबमा आधिकारिक रूपमा फुटबल खेल्दै आइरहेका छन् । यो क्लव डेनमार्कको उत्कृष्ट क्लव भित्र पर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>