राजनीति
नेकपाको अर्थ तथा योजना विभाग प्रमुखमा सुरेन्द्र पाण्डे
०

चितवन,साउन ३१-
चितवनका सांसद एवंम पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेकपाको अर्थ तथा योजना विभागको प्रमुखको जिम्मेवारी पाएका छन् । नेकपाको सचिवालय बैठकले उनिसंगै पार्टीका ३३ विभागको नेतृत्व टुंगो लगाएको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन्।
लामो रस्साकस्सी भएको स्कुल विभागको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले पाएका छन्। सचिवालय सदस्य माधवकुमार नेपाल विदेश विभाग प्रमुख बनेका छन् भने राम कार्कीलाई उपप्रमुखको जिम्मेवारी दिइएको छ। नीति तथा प्रतिष्ठान विभागको नेतृत्व पूर्वप्रधानमन्त्री झलनाथ खनालले पाएका छन्। त्यस्तै नेता वामदेव गौतमलाई संगठन विभाग प्रमुख बनाइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























