विशेष

विवादमा रेडक्रस, केन्द्रीय साधारणसभा रोकियो

Banner

काठमाडौँ, साउन २८–

आर्थिक अनियमिताको आरोप खेपिरहेको नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय साधारणसभा पुनः रोकिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले साधारणसभा नगर्न निर्देशन दिएपछि सभा रोकिएको सोसाइटीका केन्द्रीय सभासद ज्ञानशाली न्यौपानेले जानकारी दिए ।

उनका अनुसार यसअघि गत वैशाख २२ मा धरानमा गर्न लागिएको केन्द्रीय साधारणसभा तथा महाधिवेशनसमेत रोकिएको थियो । उनका अनुसार यसपटक बाधा अड्काउ फुकाउन साभारणसभा मात्रै गर्न खाजिएको थियो ।

काठमाडौँका सहायम प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले मुद्दा नटुङ्गिँदासम्मका लागि साधारणसभा स्थगित गर्न निर्देशन दिएको जानकारी दिए ।

रेडक्रसमा अनियमितता भएको भनेर अदालतमा मुद्दा चलिरहेको छ । आज सोसाइटीले पत्रकार सम्मेलन गरी साधारणसभा स्थगित गर्नुपर्दा मर्माहत हुन पुगेको जनाएको छ । प्रशासन कार्यालयको पत्रानुसार कार्यक्रम स्थगित गरेर जवाफ समेत पठाइसकिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>